हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १५% लाभांश पारित
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । . उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।
TRENDING
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । . उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो । उनी सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी सञ्चालकमा नियुक्त भएकी हुुन् ।
काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् ।
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले २६ औंं साधारण सभा डाकेको हो । उक्त सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुनेछ ।
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाण्डौ उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि सरेको छ । । यससंगै यो मुद्दा छैठौँ पटक सेरेको हो । यो मुद्दाको पेशी अब फागनु ९ गते पेशी तोकिएको छ । आज उच्च अदालत पाटनमा न्यायाधीश रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । कानुन विपरित प्रिमियममा आईपीओ...
काठमाण्डौ । म्युचुअल फण्डहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सर्वाधिक बैंक तथा बीमा कम्पनीहरुमा लगानी गरेका छन् । बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने मर्चेण्ट बैंकरहरुको भनाई छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या कुल २७१ पुगेको छ । जसमध्ये १३४ वटा बैंक तथा वित्तीय...
काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९२ अंकले बढेर २ हजार ०९० बिन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आज एक सूचना जारी गरेर नयाँ सीईओको लागि आवेदन खुलाएको छ ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने भएको छ । हिमालयन रि इन्स्योरेन्सको पेसी आज ७ औं नम्बरमा परेको छ । उच्च अदालन पाटन स्थित स्रोतले दिएको जानकारी अनुसार यो मुद्दाको सुनुवाई बेलुका ६ बजे सम्म परिणाम आउने छ । अहिले ५ नम्बरको सुनाइ चलिरहेको स्रोतले जनाएको छ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन मनाएका छन् । सीईओ बुढाथोकीले जन्मदिनको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी खरिद गरेका हुन् ।
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका...
काठमाण्डौ । दोस्रो बजारको बहुचर्चित स्क्रिप्ट हिमालय रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई भोलि(बुधबार) पुनः हुँदैछ । यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ । यसअघि पहिलोपटक छलफलका...
काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २ हजार ०८५ बिन्दु कायम भएको छ । नेप्से इन्डेक्स बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले सपथ लिएका छन् । अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष माघ २२ गते सपथ लिएका हुन् ।
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ४.९७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.