एलआईसीका कर्मचारीहरुको तलब १७%ले वृद्धि
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतका कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि हुने भएको छ । भारतको केन्द्र सरकारले कम्पनीका कर्मचारीहरुको तलब वृद्धि गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो । यो वृद्धि सन् २०२२ अगस्टदेखि मान्य हुने जनाइएको छ । कम्पनीका कर्मचारीहरुको तलब आगामी महिनादेखि वृद्धि भएको तलब हात पार्नेछन् ।

