बैंकिङ प्रणालीको निक्षेप एकै दिन १४ अर्बले घट्यो, कर्जा प्रवाहमा पनि कमी
काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १४ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २८ गते बैंकिङ प्रणालीबाट १४ अर्ब रुपैयाँ बाहिरिएको हो । चैत २७ गते ६१ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २८ गतेसम्म भने ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ...

