यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४५.६५ रुपैयाँ र बिक्रीदर १४६.३० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.८६ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।

