डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ । यसअघि गत कात्तिक ३० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.३४ रुपैयाँ कायम भएको थियो ।

