आईतवार, जेष्ठ ३,२०८३ 01:42:05
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:42:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नगद परिचालन ८.४३% ले बढ्यो, सरकारी कोषमा पनि वृद्धि

Laxmi Sunrise Bank Limited
नगद परिचालन ८.४३% ले बढ्यो, सरकारी कोषमा पनि वृद्धि
Shivam Cement

काठमाण्डौ । आठ महिनाको अवधिमा बजारमा नगद परिचालन ८.४३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ७ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत असार महिनाको तुलनामा ८.४३ प्रतिशतले बढी हो । असार महिनासम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

Bizshala
New Office
CG Motors

फागुन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा १०.६३ प्रतिशतले बढी हो । असार महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ९० अर्ब ७१ करोड रुपैयाँ थियो ।  

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको छ । असार महिनासम्म २ खर्ब ९० अर्ब सरकारी निक्षेप रहेकोमा फागुनसम्म बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

फागुन महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५७ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।  

फागुन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ५ अर्ब ४ करोड रुपैयाँ र कुल स्वदेशी दायित्व १६ खर्ब ४० अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति २२ खर्ब ७० अर्ब र कुल विदेशी मुद्रा दायित्व ४८ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.