डलरको भाउ घट्ने क्रम आजपनि जारी, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । अमेरिकी डलरको भाउ घट्ने क्रम आजपनि जारी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम थियो ।

