यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४८.३९ रुपैयाँ र बिक्रीदर १४९.०६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.४५ रुपैयाँ र बिक्रीदर १७७.२४ रुपैयाँ कायम भएको छ ।