विदेशी विनिमय सञ्चिति २३.१% ले बढ्यो, १७.४ महिनाको वस्तु आयात धान्न प्रयाप्त
काठमाण्डौ । देशमा कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । वैशाखमसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७...

