यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ । आज एक यूरो खरिददर १५१.३८ रुपैयाँ र बिक्रीदर १५२.०३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७५ रुपैयाँ र बिक्रीदर १८०.५३ रुपैयाँ कायम छ ।

