काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.०७ रुपैयाँ र बिक्रीदर १३८.६७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५८.७३ रुपैयाँ र बिक्रीदर १५९.४२ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.६० रुपैयाँ र बिक्रीदर १८६.४१ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६० रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२१ रुपैयाँ र बिक्रीदर १९.२९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४८ रुपैयाँ र बिक्रीदर ३२.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८८ रुपैयाँ र बिक्रीदर ३८.०४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.७५ रुपैयाँ र बिक्रीदर ४५२.७१ रुपैयाँ कायम भएको छ ।