काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४३ र बिक्रीदर १३७.०३ रुपैयाँ कायम थियो ।
आज यूरो र पाउण्डको मूल्यमा पनि गिरावट आएको छ । एक यूरोकोखरिददर आज १५४.०१ रुपैयाँ र बिक्रीदर १५४.६९ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५५.०५ रुपैयाँ र बिक्रीदर १५५.७३ रुपैयाँ कायम थियो ।
यस्तै आज एक पाउण्डको खरिददर १८१.०५ रुपैयाँ र बिक्रीदर १८१.८५ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८१.६६ रुपैयाँ र बिक्रीदर १८२.४६ रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१२ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२५ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४२.५२ रुपैयाँ र बिक्रीदर ४४४.४७ रुपैयाँ कायम भएको छ ।