बुधबार, भाद्र २५,२०८२ 05:16:54
  • बुधबार, भाद्र २५,२०८२ 05:16:54
Global IME Bank Limited

गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आजपनि हेर्न नभ्याइनेमा

Hyundai Nepal
गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आजपनि हेर्न नभ्याइनेमा

काठमाण्डौ । गभर्न बन्न गुणाकर भट्टको योग्यता नपुगेको तथा गभर्नर हुन उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।  

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न र गभर्नर बन्न उमेर हद संशोधन गरी हटाइएको विषयमा गत वैशाख ५ गते सर्वोच्चमा रिट परेको थियो ।  उक्त मागसहितको पुनरावेदन निवेदन आज न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आइतबार पनि उक्त मागसहितको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर उक्त दिन पनि सो रिट हेर्न नभ्याइनेमा परेको थियो ।  

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।  

भट्टले शुक्रबार नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै  सर्वोच्चले ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन आदेश दिएको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.