यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १४२.३९ रुपैयाँ र बिक्रीदर १४३.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०७ रुपैयाँ र बिक्रीदर १७२.८३ रुपैयाँ कायम भएको छ ।

