जाँचबुझ आयोगले प्रहरी प्रमुखलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाण्डौ । ‘जेनजी आन्दोलन’का क्रममा भएको प्रहरी दमन र त्यसपछिका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई औपचारिक स्पष्टीकरण मागेको छ। आयोगले प्रहरी संगठनले निरन्तर असहयोग गरेको भन्दै २४ घण्टाभित्र लिखित जवाफ मागेको हो।

