जेनजी आन्दोलन: बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिन माग उठ्यो
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अब देश कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ । देशभर जारी जेनजी आन्दोलनको बीचमा नयाँ नेतृत्वको आवश्यकताबारे चर्चा बढ्दै गएको छ। आन्दोलनमा सहभागी युवा र नागरिकहरूले बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिनुपर्ने माग उठाएका छन्।