मंगलबार पनि दमनै उत्रियो ओली सरकार, कलंकीमा सर्वसाधारणमाथि भयो यो हदसम्मको ज्यादती
काठमाण्डौ । सोमबार बानेश्वरमा नरसंहार मच्चाएका सुरक्षाकर्मीले मंगलबार पनि दमनकै रबैया अपनाइरहेका देखिएको छ । काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन उग्र बन्दै गइरहेको बेला सुरक्षाकर्मीले काठमाण्डौको कलंकी क्षेत्रमा सर्वसाधारणमाथि दमन गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका र बाटो हिँडिरहेकाहरुलाई समेत प्रहरीले जथाभावी कुटपिट गरेको दृश्य...