बाढीपहिरोमा परी हालसम्म १९२ जनाले गुमाए ज्यान, ४ हजार बढीको उद्धार
काठमाण्डौ । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ । गृह मन्त्रालयकाका अनुसार बाढीपहिरो र डुबानमा परी ३० जना बेपत्ता भएका छन् । यस्तै १९४ जना घाइते भएका छन् ।

