बालेन क्याबिनेट फाइनलतिर: अमेरशलाई उद्योग, लम्साललाई भौतिक, रावललाई सामान्य प्रशासन र विराजलाई उर्जा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी रहँदा नयाँ मन्त्रीहरूको नाम टुंगो लाग्न थालेको छ। सोही क्रममा अमरेश कुमार सिंह, सुनिल लम्साल र प्रतिभा रावल मन्त्री बन्ने निश्चित भएको छ।

