युनिलिभर नेपालद्वारा ३१ औं साधारण सभा आह्वान, प्रतिकित्ता १७१४ रुपैयाँ नगद लाभांश पारित हुने
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १२ गते सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ । सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।