दुई हाईड्रो कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति, कुनको कति ?
काठमाण्डौ । दुई हाईड्रो कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन् । आरती पावर कम्पनी र मेवा डेभलोपर्स लिमिटेडले आईपीओ जारी गर्न बोर्डमा फागुन ९ गते निवेदन दिएका हुन् । आरती पावरले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३६ लाख कित्ता र मेवा डेभलोपर्सले १ करोड १२ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् ।