बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
काठमाण्डौ । काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि (आषाढ १० गते, बुधबार) देखि पुनः सञ्चालनमा आउने भएको छ। जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि बन्द रहेको स्टोर अबदेखि नियमित रूपमा दैनिक सेवा दिने तयारीमा रहेको कम्पनीले जनाएको छ।

