मंगलवार, असार ९,२०८३ 02:29:13
Bizshala
  • मंगलवार, असार ९,२०८३ 02:29:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

Laxmi Sunrise Bank Limited
बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाण्डौ । काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि (आषाढ १० गते, बुधबार) देखि पुनः सञ्चालनमा आउने भएको छ।  

जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि बन्द रहेको स्टोर अबदेखि नियमित रूपमा दैनिक सेवा दिने तयारीमा रहेको कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोरले भोलिदेखि उपभोक्तालाई नियमित सेवा प्रदान गर्नेछ।  

उनले ग्राहकको सुविधा र सहज पहुँचलाई ध्यानमा राख्दै स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए।

कम्पनीले आधुनिक सुविधा र गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम रहेको पनि स्पष्ट पारेको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकहरूको आवश्यकता अनुसार सेवा सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताइएको छ।

यस अवसरमा भाटभटेनीले आफ्ना सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।  

साथै आगामी दिनहरूमा पनि निरन्तर साथ, सहयोग र विश्वास रहने अपेक्षा कम्पनीले गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.