मंगलवार, असार ९,२०८३ 03:20:28
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:20:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि टुंगो, व्यवस्थापन ढिलाइले बन्दसत्र प्रभावित

Laxmi Sunrise Bank Limited
रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधि टुंगो, व्यवस्थापन ढिलाइले बन्दसत्र प्रभावित

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा ३ हजार ८४९ प्रतिनिधि अन्तिम रूपमा कायम भएका छन्।  

केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार उजुरी तथा दाबी–विरोधको छानबिनपछि प्रतिनिधि संख्या टुंगो लगाइएको हो।

New Office
CG Motors
Garima Development Bank

महाधिवेशनको बन्दसत्र भने अपेक्षित समयभन्दा धेरै ढिलो शुरु हुन नसक्दा संगठनात्मक व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन्।  

सोमबार बिहान ८स्३० बजेबाट शुरु हुने भनिएको कार्यक्रम क्रमशः सारिँदै १ बजे र २ बजे पुर्‍याइए पनि अहिलेसम्म औपचारिक रूपमा अघि बढ्न सकेको छैन।

पार्टीभित्रै प्राविधिक तयारी, प्रतिनिधि नामावली रुजु र परिचयपत्र छपाइ–वितरण प्रक्रियामा देखिएको अव्यवस्थाले कार्यक्रम प्रभावित भएको स्रोतहरूले बताएका छन्।

नेतृत्वले “प्राविधिक कारण” भन्दै ढिलाइको जिम्मेवारी व्यवस्थापन पक्षमा सीमित गरेको छ।

चितवनका सभापति मिनीमाधव खनालका अनुसार सबै प्रतिनिधिलाई परिचयपत्र वितरण सम्पन्न भएपछि मात्र बन्दसत्र शुरु गरिनेछ।

उनका अनुसार संगठनात्मक तयारी पूरा नभएकाले निर्धारित समय फेरि पनि सारिन सक्ने अवस्था छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बन्दसत्रमा पार्टीका महत्वपूर्ण राजनीतिक तथा नीतिगत दस्तावेजहरू छलफलका लागि प्रस्तुत गरिनेछन्।  

अनुशासन आयोगको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन तथा अर्थ–राजनीतिक प्रस्तावले पार्टीको भावी दिशाबारे बहस अघि बढाउने अपेक्षा गरिएको छ।

त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।  

अन्त्यमा निर्वाचन आयोगलाई संगठनात्मक जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ नेतृत्व चयन प्रक्रियातर्फ पार्टी अघि बढ्ने बताइएको छ।

भरतपुरमा उद्घाटन गरिएको महाधिवेशन हाल उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.