जापानको केन्द्रीय बैंकले बढायो ब्याजदर, ३० वर्षयताकै उच्च कायम
काठमाण्डौ । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान)ले मंगलबार आफ्नो नीतिगत ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्याएको छ। यो पछिल्ला ३० वर्षयताकै उच्च स्तर हो र सन् १९९५ पछि पहिलो पटक ब्याजदर १ प्रतिशत पुगेको हो।बैंकले लिएको यो निर्णय बजारको अपेक्षाअनुसार नै आएको जनाएको छ। बैंक अफ जापानको बोर्ड मतदानमा ७–१ को मतान्तरले निर्णय पारित भएको थियो, जसमा एक सदस्यले दर...

