सोमबार, असार २,२०८२ 05:12:04
  • सोमबार, असार २,२०८२ 05:12:04
Global IME Bank Limited

जापानको केन्द्रीय बैंकले बढायो ब्याजदर, सन् २००८ पछिकै उच्च कायम

Hyundai Nepal
जापानको केन्द्रीय बैंकले  बढायो ब्याजदर, सन् २००८ पछिकै उच्च कायम
Nabil Bank Limited

काठमाण्डौ । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ब्याजदर बढाएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सामान्यीकरण गर्ने उद्देश्यसहित शुक्रबार ब्याजदर २५ बेसिक प्वइन्टले वृद्धि गरेको हो ।  

यससँगै जापानको पोलिसी रेट सन् २००८ पछिकै उच्च कायम भएको छ । यो दर कम्पनीहरुको आम्दानी वृद्धि भएको प्रतिवेदन आएपछि मात्रै परिवर्तन हुने केन्द्रीय बैंकका बोर्ड सदस्य तोयोकी नाकामुराले बताएका छन् । 

ब्याजदर वृद्धिको निर्णय उपभोक्ता मूल्य सूचकांक डेटाले डिसेम्बरमा जापानी मुद्रास्फीति थप बढेको र बैंक अफ जापानको २ प्रतिशत वार्षिक लक्ष्य भन्दा माथि रहेको देखाएको केही समयपश्चात आएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जापानको केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै यसको प्रभाव त्यहाँको मुद्रामा परेको छ । जापानी येन डलरको तुलनामा ०.३ प्रतिशतले बलियो बन्दै प्रतिडलर १५५.६१ कायम भएको छ ।  

यस्तै बैंक अफ जापानले सन् आर्थिक वर्ष २०२४/२५ का लागि मुद्रास्फिती दर बढाउँदै कुद ग्राहस्थ उत्पादनको प्रक्षेपण घटाएको छ । बैंकले आगामी महिनामा बैंकको प्रक्षेपणहरु मेल खादै गयो भने ब्याजदर थप बढाउने समेत संकेत गरेको छ ।  

यस्तै जापानको सेयर बजार(निक्की२२५) समेत ०.३३ प्रतिशतले बढेको छ । १० वर्षे सरकारी बोण्डको रेट समेत १.७ बेसिक प्वइन्टले बढेर १.२२२ प्रतिशत कायम भएको छ ।  

गत जुलाईमा जापानी येन सन् १९८६ पछिकै कमजोर बनेको थियो । त्यसेबला एक डलरको तुलनामा १६१.९६ येन कायम भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.