पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी
काठमाण्डौ । फागुन महिनाको तुलनामा चैतमा बजारमा करेक्सन आउदा सरकारलाई पूँजीबजारबाट उठ्ने राजश्व पनि गुमेको छ । फागुन महिनाको तुलनामा चैत महिनमा झण्डै ६३ करोडले सरकारको राजश्व कम उठेको छ । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार सरकारले चैत महिनमा पूँजी बजारबाट ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ राजश्व उठाएको छ । फागुन महिनामा भने सररकारले पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७...