आईतवार, असार १,२०८२ 09:07:38
  • आईतवार, असार १,२०८२ 09:07:38
Global IME Bank Limited

पूँजी बजारबाट गत महिना उठ्यो ५८.६५ करोड राजश्व, धेरै कर तिर्नेमा ‘अल्पकालिन ट्रेडर ’

Hyundai Nepal
पूँजी बजारबाट गत महिना उठ्यो ५८.६५ करोड राजश्व, धेरै कर तिर्नेमा ‘अल्पकालिन ट्रेडर ’
Nabil Bank Limited

काठमाण्डौ । सरकारले एक महिनामा पूँजी बजारबाट ५८ करोड ६५ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांक अनुसार सरकारले असोज महिनामा पूँजीबजारबाट उक्त रकमबराबरको राजश्व संकलन गरेको हो ।  

जसमध्ये सबै भन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले २८ करोड ८६ लाख रुपैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले २३ करोड ६५ लाख कर तिरका छन् । यही अवधिमा संस्थागत लगानीकर्ताहरुले ६ करोड ९ लाख र स्टक डिलरहरुले करिब ४ करोड ३५ लाख कर तिरेका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धितोपत्र ऐन अनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत , दीर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् ।  

असोज महिनामा दशैं बिदाको कारण जम्मा १७ दिन सेयर कारोबार भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.