सिटिजन्स म्युचुअल फण्ड १ को रकम फिर्ता भुक्तानी आजदेखि
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड १ को इकाईधनीहरुलाई रकम(प्रतिफल समेत)फिर्ता भुक्तानी आजदेखि सुरु भएको छ । सिटिजन्स बैंक कोष प्रवद्र्धक तथा सिटिजन क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रही सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ८ करोड २० लाख इकाईहरु रहेको यो ७ वर्षे अवधिको बन्दमुखी योजना हो ।