निर्वाचनको तीव्र तयारीमा सरकार: पर्यवेक्षणका लागि १५ दिनभित्र निवेदन दिन आह्वान
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन पेस गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।मंगलबार आयोगले जारी गरेको सूचनामा पर्यवेक्षण अनुमतिका लागि आवश्यक कागजातसहितको निवेदन १५ दिनभित्र पेस गर्न अनुरोध गरिएको छ।

