होटल भादगाउँ एण्ड रिसोर्टले १५ लाख कित्ता आईपीओ ल्याउने, पाँचतारेमा स्तरोन्नति हुने योजना
काठमाण्डौ । भक्तपुरमा रहेको होटल भादगाउँ एण्ड रिसोर्टले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणमा आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका १५ लाख कित्ता आईपीओ जारी गरी जम्मा १५ करोड रुपैयाँ जुटाउने तयारी गरेको हो । जसबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, पूर्वाधार विकास गर्ने योजना कम्पनीको छ । सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ...