अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी
काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेकी छिन् । केहीबेरअघि उनले पूर्व अर्थसचिव तथा अर्थविद डा. रामेश्वर खनाललाई अर्थमन्त्री र र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गरेकी हुन् । घिसिङले उर्जासहित ती मन्त्रालयको जिम्मेवारी पाएका छन् ।