काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।
यो अवार्ड जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिएको हो । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।
सोही क्रममा यस वर्ष ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गरिएको जनाइएको छ ।
अवार्ड वितरण समारोहमा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।