Live Update
8 मिनेट अगाडी
काठमाण्डौ । दाङ क्षेत्र नं. १ को मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक अग्रस्थानमा रहेका छन्। ३ हजार ९१० मत गणना गर्दा देवराज पाठकले २ हजार ३८१ मत प्राप्त गरेका छन्।
Live Update
13 मिनेट अगाडी
काठमाण्डौ । काठमाण्डौको क्षेत्रनम्बर ५ का रास्वपा उम्मेद्वार सस्मित पोखरेल ६ हजार ८३४ मतको फराकिलो मतान्तरसहित अगाडि बढेका छन् ।
Live Update
18 मिनेट अगाडी
काठमाण्डौ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १, २ र ८ को मतगणना सकिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले अग्रता कायम गरेका छन्।
Live Update
22 मिनेट अगाडी
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।
Live Update
26 मिनेट अगाडी
रौतहट ।रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले १,९०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
Loading more updates...