रौतहट ।रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले १,९०८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६ मत प्राप्त गरेका छन्।
यसैगरी, सञ्चारकर्मी ऋषि धमलाले ६ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनामा पौडेलले उल्लेख्य मतान्तरसहित अग्रता बनाएका छन्।

