काठमाण्डौ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १, २ र ८ को मतगणना सकिँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले अग्रता कायम गरेका छन्।
हालसम्म पुकार बमले ४,८१६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले १,३४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले १,१५६ मत पाएका छन्।
प्रारम्भिक मतगणनामा काठमाडौं–४ मा रास्वपाका उम्मेदवार बमले उल्लेख्य मतान्तरसहित अग्रता बनाएको देखिएको छ।

