चीनको सहयोगमा म्यानमार सेनाले फिर्ता गर्यो गुमेको क्षेत्र
काठमाण्डौ । म्यानमारको सेनाले चीनको सहयोग र तीव्र हवाई हमलामा देशको उत्तरी भागका धेरै क्षेत्रमा पुनः आफ्नो नियन्त्रण कायम गरेको छ। गत वर्ष, तआंग नेशनल लिबरेशन आर्मी (टीएनएलए)ले कयाउक्मे शहर कब्जा गरेको थियो। यो सहर म्यानमारलाई चीनको सीमासँग जोड्ने प्रमुख व्यापारिक मार्ग एशियन हाइवेमा अवस्थित छ । जुन दोस्रो विश्वयुद्धको समयमा ‘बर्मा रोड’ भनेर चिनिन्थ्यो।त्यसबेला यसलाई...