निर्वाचन आयोगद्वारा मतदाताका लागि टोल–फ्री ‘कल सेन्टर’ सञ्चालन
काठमाण्डौ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता तथा सरोकारवालाको सूचना पहुँच सहज बनाउन टोल–फ्री कल सेन्टर सञ्चालनमा ल्याएको छ।आयोगको केन्द्रीय कार्यालय, कान्तिपथबाट सञ्चालनमा आएको उक्त कल सेन्टरमार्फत निर्वाचन प्रक्रिया, मतदाता नामावली, मतदान विधि तथा अन्य निर्वाचनसम्बन्धी जिज्ञासामा प्रत्यक्ष जानकारी प्राप्त...

