लघुवित्तको नाफामा सुधार: ३५ संस्थाको एनपीएल अझै ५% माथि, लाभांश क्षमतामा कुन कति अब्बल ?
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा लघुवित्त संस्थाहरुले १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन् । संस्थाहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १७.९९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुवित्त संस्थाहरुले समग्रमा १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म ५०...

