शुक्रबार, मंसिर १२,२०८२ 02:03:09
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 02:03:09
Bizshala
Global IME Bank Limited

लघुवित्तको नाफामा सुधार: ३५ संस्थाको एनपीएल अझै ५% माथि, लाभांश क्षमतामा कुन कति अब्बल ?

Hyundai Nepal
लघुवित्तको नाफामा सुधार: ३५ संस्थाको एनपीएल अझै ५% माथि, लाभांश क्षमतामा कुन कति अब्बल ?
Shivam Cement

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा लघुवित्त संस्थाहरुले १ अर्ब ६१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

संस्थाहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १७.९९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुवित्त संस्थाहरुले समग्रमा १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म ५० लघु्वित्त संस्थामध्ये ५ संस्था मात्रै घाटामा देखिएका छन् भने बाँकी सबै नाफामा उक्लिएका छन् । गत आवको असोज मसान्तसम्म भने १८ संस्था घाटामा थिए ।  

नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको नाफामा उल्लेख्य सुधार देखिएको हो । यस्तो सुविधाले लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा अनुपात घट्न पुगेर खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।  

CG Motors
Garima Development Bank
IME remit

राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले एनआरएफएस बमोजिम विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने भएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।

सो अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउने संस्थामा छिमेक लघुवित्त रहेको छ । यो लघुवित्तले २६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । जुन यो गत आवको तुलनामा १३.२७ प्रतिशत बढी हो ।  

पहिलो त्रैमाससम्ममा ५ संस्थाले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा धेरै घाटा ब्यहोर्नेमा एनआइसी एशिया लघुवित्त रहेको छ । सो संस्थाले ४४ करोड ८६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । त्यस्तै, मातृभूमि लघुवित्तले १ करोड ९७ लाख, श्रृजनशील लघुवित्तले १ करोड ९३ लाख, सिवाइसी नेपाल लघुवित्तले १ करोड ४५ लाख र मेरो माइक्रो फाइनान्सले १ करोड २१ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

३५ संस्थाको एनपीएल ५ प्रतिशतमाथि  

पहिलो त्रैमाससम्ममा ३५ लघुवित्तको खराब कर्जा अनुपात (एनपीएल) ५ प्रतिशत भन्दा बढी छ भने २० संस्थाको एनपीएलमा भने सुधार देखिएको छ । गत आवको तुलनामा उक्त संस्थाहरुको खराब कर्जा अनुपात घट्न पुगेको तथ्याङ्कले देखाएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात ५ प्रतिशत वा सो भन्दा बढी भएका ती संस्थाहरुको वित्तीय अवस्थामा असर पर्न जान्छ । यदि वित्तीय संस्थाहरुको यस्तो अवस्था सो प्रतिशतभन्दा बढी भएमा क्यापिटल एडुकेसी रेसियोमा दबाब पर्छ र लाभांश वितरणमा राष्ट्र बैंककले कडाई गर्दछ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

सो अवधिसम्म ३५ संस्थाको एनपीएल ५ प्रतिशतभन्दा बढी छ भने १५ संस्थाको मात्रै सो प्रतिशतभन्दा तल छ । सबैभन्दा धेरै एनपीएल रहने संस्थामा नेष्डो समृद्ध लघुवित्त रहेको छ । यो संस्थाको एनपीएल २०.९४ प्रतिशत रहेको छ । सबैभन्दा थोरै एनपीएल हुने संस्थामा भने सर्पोट माइक्रो फाइनान्सको १।६३ प्रतिशत मात्रै रहेको छ ।  

इपीएस कुनको कति ?

 लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएसँगै यता प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

सो अवधिसम्म सबैभन्दा धेरै इपीएस मिथिला लघु्वित्तको ६०।०३ रुपैयाँ रहेको छ । संस्थाको इपीएस गत आवको तुलनामा २२.८३ रुपैयाँले बढेको हो ।  

त्यस्तै, दोस्रोमा सर्पोट माइक्रोफाइनान्सको ५२.९२ रुपैयाँ रहेको छ । संस्थाको इपीएस गत आवको तुलनामा ४३.२३ रुपैयाँ बढेको छ ।  

यसका साथै युनिक नेपाल लघुवित्तको ५०.०७ रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४४.८० रुपैयाँ, नेशनल लघुवित्तको ४३.३४ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ४३.२९ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ४०.१९ रुपैयाँ, जीवन विकास लघुवित्तको ३७.९८ रुपैयाँ, महुलीको ३७.२९ रुपैयाँ, महिलाको ३७.२३ रुपैयाँ, छिमेकको ३३.४६ रुपैयाँ, सम्पदाको ३०.९८ रुपैयाँ र गणपति लघुवित्तको ३०.६७ रुपैयाँ रहेको छ ।  

लाभांश क्षमतामा कुन कति अब्बल ?  

लघुवित्त संस्थाहरुले एनआरएफएस प्रणाली बमोजिम वित्तीय विवरण प्रकाशित गर्दा मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफा छुट्याई लाभांश क्षमता देखाएका हुन्छन् ।  

आर्थिक वर्ष सकिएपछि लाभांश दिने भएपनि प्रत्येक त्रैमासको नाफाको केही प्रतिशत रकम गणना गरी लघुवित्तहरुको लाभांश क्षमता मापन हुने गर्दछ । तर नेपाल राष्ट्र बैंकले संस्थाहरुको खराब कर्जा अनुपात र पूँजीकोष अनुपातको आधारमा लाभांश दिने सक्ने व्यवस्था गरिदिएको छ । जसमा संस्थाहरुले यस्तो अुनपात कायम गरेको खण्डमा बढीमा २५ प्रतिशतसम्म लाभांश दिन पाउनेछन् ।  

सो अवधिसम्म सबैभन्दा बढी लाभांश क्षमता छिमेक लघुवित्तको ७१.१२ प्रतिशत रहेको छ । यदि यो संस्थाले यहि अवस्था कायम गरी अन्तिमसम्म लैजाने हो भने २५ प्रतिशतसम्म लाभांश दिन सक्नेछ ।  

साथै जीवन विकासको ६७.७९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ६६.६६ प्रतिशत, साना किसान विकासको ४६.३२ प्रतिशत, युनिक नेपालको ४१.६१ प्रतिशत, डिप्रोक्सको ४०.६३ प्रतिशत, सर्पोटको ३९.७४ प्रतिशत, महुलीको ३७.४१ प्रतिशत, स्वाभिमानको ३५.१९ प्रतिशत, निधर्न उत्थानको २९.४७ प्रतिशत, आशाको २३.२१ प्रतिशत, हिमालयन लघुवित्तको २२.३४ प्रतिशत  र इन्फिनिटीको २०.७० प्रतिशत रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.