काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराई नियुक्ति गर्ने निर्णय गरेको हो ।
भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३ दशक लामो सेवा गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थावन संकायमा पिएचडी गरेका छन् ।
भट्टसँग पूँजीबजार, मौद्रिक नीति, वित्त र अर्थतन्त्रबारे गहिरो बुझाई र दख्खल रहेको छ ।
सेबोन अध्यक्ष छनौट सिफारिस समितिले बोर्ड अध्यक्ष पदका लागि डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, डा.गोपालप्रसाल भट्ट र विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको थियो । जसमध्ये डा.गोपाल प्रसाद भट्ट, मुकुन्द कुमार क्षेत्री र विनयदेव आचार्यको गरी तीनजनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरिएको थियो । तीन जनामध्येबाट सरकाररले डा.गोपाल प्रसाद भट्टलाई सेबोन अध्यक्ष नियुक्त गरेको हो ।
सेबोनका तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

