पूँजी बलियो बनाउन सिटिजन्स बैंकको रणनीतिक कदम, २ अर्बको प्रिफरेन्स शेयर निष्काशन गर्ने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूँजी संरचना थप बलियो बनाउन २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर (Perpetual Non-Cumulative Preference Share)जारी गर्ने निर्णय गरेको छ। बैंकको आठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेसँगै बैंकले विस्तार रणनीति र दीर्घकालीन वित्तीय क्षमता सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालेको छ।

