नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक गिरावट, एकैदिन ११ हजार ६०० ले घट्यो
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यमा एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकैदिन ११ हजार ६०० रुपैयाँले घटेको सम्भवतः यो नै पहिलो घटना हो । तिहारको विदाहुनुअघि कात्तिक ३ गते नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो ।

