उपकार लघुवित्तले घाटाबाट बाहिरिँदै कमायो ३.४२ करोड नाफा, रिजर्भ पनि ३३ प्रतिशतले बढ्यो
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ३ करोड ५१ लाख घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेको छ । संस्थाले १५ करोड ५३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा...