आईतवार, माघ १८,२०८२ 01:41:23
Bizshala
  • आईतवार, माघ १८,२०८२ 01:41:23
Bizshala
Global IME Bank Limited
Bizshala

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'

मौद्रिक समीक्षाले बैंकको प्रतिफलमा सुधार आउने लगानीकर्ताको विश्वास, 'गभर्नरलाई धन्यवाद'
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  

खासगरी नेपाल राष्ट्रबैंकले हरेक त्रैमास सकिएको ४५ दिनभित्र यस्तो समीक्षा सार्वजनिक गर्ने गरेको हुन्छ । यसपटक  यो समीक्षा यसकारण पनि लगानीकर्ताहले धेरै चासोका साथ हेरेका थिए कि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको यो अन्तिम मौद्रिक समीक्षा थियो । 

Bizshala
Garima Development Bank
New Office

अर्थशस्त्री सूर्यनारायण पौडेलको बिचारमा राष्ट्रबैंकले बैंकहरुको असल कर्जाको प्रभिजन घटाएको छ । यो सकारात्मक बिषय नै हो । पौडेललको बिचारमा नेपाल राष्ट्र बैंकले समीक्षामार्फत क्षणिकभन्दा पनि दीर्घकालीन सोंच राखेको देखिन्छ ।  

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकहरुलाई खराब कर्जाको नोक्सानी व्यवस्थामा गरिएको केही लचक व्यवस्थाले नाफामा साढे ४ अर्ब बराबरको  सुधार हुने र बैंकहरुको कर्जा क्षमता करिब ४० अर्बले बढ्ने बताए । ढकालले अब उहाँलाई धन्यबाद दिएर नयाँलाई स्वागत गर्नु पर्ने र नयाँ गभर्नरबाट सुधारको अपेक्षा गर्न सकिने जानकारी दिए । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि लगानीकर्ताहरुले मौद्रिक नीतिको समीक्षामा ठूलो अपेक्षा नगरे पनि बैंकहरुको असल कर्जाको अनुपातलाई १.१० बाट १ प्रतिशतमा झार्नु सकारात्मक भएको बताए । अब नयाँ गभर्नरबाट सुधारको अपेक्षा गर्न सकिने बताए । पाण्डेले पनि अब उहाँ(महाप्रसाद अधिकारी)लाई धन्यबाद दिएर नयाँ गभर्नरलाई स्वागत गर्नुपर्ने बताए ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.