काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राम दयाल राजवंशीले व्यक्तिगत घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिएका छन् ।
संस्थाको सञ्चालक समितिले माघ १५ गते बसेको बैठक राजवंशीको राजिनामालाई स्वीकृत गरेको छ ।
सो बैठकले अर्को निर्णय नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

