काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट माघ १८ गते अनुमति पाएको हो ।
यससँगै अब कम्पनीले १८ करोड ७५ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

