काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् । त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ४० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.४३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.५७ प्रतिशत सेयर बिक्री भएको छ ।

