शीर्ष ७ ब्रोकरबाट उच्च खरिद, कुनबाट कति ?
काठमाण्डौ । जेनजीहरुको आन्दोलनपछि खुलेको सेयरबजारमा ७२ करोड ८७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बजार खुलेको केही समयमा नै ६ प्रतिशतले नेप्से घटेपछि आजको लागि कारोबार बन्द गरिएको थियो । मार्केट हल्ट भएपछि करिब एक घण्टाभित्रमा सेयर कारोबार बन्द गरिएकोमा सर्वाधिक कारोबार शीर्ष १० ब्रोकर कम्पनीहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।