काठमाण्डौ। साताको दोस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेको छ ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा श्रीहरि सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ९२ करोड १९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.९३ प्रतिशत सेयर खरिद भएको छ भने ४७.०७ प्रतिशत सेयर बिक्री भएको छ ।
